देशभर ३१७५ संक्रमित थपिए, १४ जनाको मृत्यु
फरकधार / २० माघ, २०७८

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ३ हजार १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



यो अवधिमा १२ हजार ६०५ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज ८ हजार ७२३  जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ८ लाख ८७ हजार ४४३ पुगेको छ ।



त्यस्तै आज कोरोनाका कारण १४ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ७७८ पुगेको छ ।



आज देशभर ६३ हजार २९६ जना सक्रिय संक्रमित रहेका छन् ।

  • प्रकाशित मिति : माघ २०, २०७८ बिहीबार १७:३२:२६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया