कर्णाली मन्त्रिपरिषद्ले आइतबार पूर्णता पाउने, को-को बन्लान् मन्त्री ?

कर्णाली प्रदेशको मन्त्रिपरिषद्ले आइतबार पूर्णता पाउने भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आइतबार कर्णालीको मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी दिएका हुन् ।

तर, मन्त्री को-को बन्ने र कसले कति भाग पाउने भन्ने विषयमा आन्तरिक छलफल भइरहेको उनले बताए । नेकपा माओवादी केन्द्रले जाजरकोटका गणेशप्रसाद सिंह र हुम्लाका गैरसांसद कार्चेन लामालाई मन्त्रीका लागि सिफारिस गरेको छ ।

त्यस्तै, नेपाली कांग्रेसले सुर्खेतका यज्ञबहादुर बिसी र दैलेखका हिमबहादुर शाहीलाई सिफारिस गर्ने निर्णय गरेको एक शीर्ष नेताले जानकारी दिए ।

यता, नेकपा एकीकृत समाजवादीले जुम्लाका पदम रोकायलाई यसअघि नै मन्त्रीका लागि सिफारिस गरे पनि आन्तरिक छलफल गरिरहेको बताएको छ ।

मुख्यमन्त्री सचिवालयका एक कर्मचारीले भने, 'तत्कालका लागि कांग्रेसले दुई, माओवादीले दुई र समाजवादीले एक मन्त्री पाउने सहमति भएको छ ।'

कर्णाली प्रदेशमा यसअघि नेकपा एकीकृत समाजवादीका चन्द्रबहादुर शाही भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र माओवादी केन्द्रका बिन्दमान विष्ट आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् ।



योबाहेक सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय मन्त्रीविहीन छन् ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले फेसबुक स्टाटसमा समेत बारम्बार सोधिने प्रश्नको जवाफ आइतबार दिने जानकारी गराएका छन् ।



  • प्रकाशित मिति : माघ २१, २०७८ शुक्रबार १७:२५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया