कांग्रेसको कोषाध्यक्ष बन्न विनोद चौधरीको दौडधुप

नेपाली कांग्रेसका केन्द्रीय सदस्य उद्योगपति विनोद चौधरीले कांग्रेसको कोषाध्यक्ष बन्नका लागि दौडधुप सुरु गरेका छन् । चौधरी कांग्रेसको १४औँ महाधिवेशनबाट मधेसी कोटामा केन्द्रीय सदस्य निर्वाचित भएका थिए । 

चौधरीले आइतबार नेता गोपालमान श्रेष्ठसँग उनकै निवासमा पुगेर कोषध्यक्षका लागि पहल गरिदिन आग्रह गरेका छन् । सो भेटमा उनले आफ्नो आर्थिक नीतिका मुद्दाका बारेमा श्रेष्ठलाई जानकारी गराएका थिए । 

आफू पार्टी कोषाध्यक्ष भएर स्वावलम्बी कांग्रेस निर्माण गर्ने उनले बताएका छन् । 





  • प्रकाशित मिति : माघ २३, २०७८ आइतबार २२:१६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया