राखेप सदस्यसचिवको बर्खास्ती र नयाँ नियुक्तिबारेको रिट पेसीमा नचढी स्थगित

राष्ट्रिय खेलकुद परिषद् राखेप सदस्यसचिवको बर्खास्ती र नयाँ नियुक्तिबारे परेको रिट सर्वोच्च अदालतले स्थगित भएको छ । सर्वोच्च अदालतले आज सो रिटलाई पेसीमा नचढाई स्थगित गरेको हो ।

सर्वोच्च अदालतको पूर्ण बैठकको निर्णयअनुसार थुनुवा मुद्दा वा बन्दी प्रत्यक्षीकरणको मुद्दाबाहेक राखेप सदस्यसचिव लगायतका अन्य रिट निवेदन स्थगित भएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

सबै मुद्दा आगामी सोमबारसम्मका लागि स्थगित गरिएको छ । खेलाडी संघले गरेको खेलकुद प्राथमिकतामा नपरेको गुनासोलाई भने सर्वोच्च अदालतले विषयवस्तुको गम्भीरताका आधारमा सुनुवाइ गर्ने प्रवक्ता दाहालले बताए । 





  • प्रकाशित मिति : माघ २४, २०७८ साेमबार १८:५०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया