logo-img

गौतम अडानी बने एसियाकै धनाढ्य, पछि परे मुकेश अम्बानी

अडानी ग्रुपका अध्यक्ष गौतम अडानी एसियाको सबैभन्दा धनी व्यक्ति बनेका छन् । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई पछि पार्दै उनी एसियाकै धनी व्यक्ति बनेका हुन् । 

५९ वर्षीय अडानीको नेटवर्थ ८८.५ अर्ब डलर पुगेको ब्लुमबर्ग बिलियनायर्स इन्डेक्सले जनाएको छ । अम्बानीको नेटवर्थ भने ८७.९ अर्ब डलर रहेको छ । फोर्सको सूचीमा अडानी यसअघि नै अम्बानीभन्दा अघि रहिसकेका थिए । 

ब्लुमबर्गले अडानीलाई संसारको धनीमध्ये १० औं नम्बरमा राखेको छ । उनले पहिलोपटक यो उपलब्धि हासिल गरेका हुन् । अब अम्बानी ११ औं स्थानमा झरेका छन् । 





  • प्रकाशित मिति : माघ २५, २०७८ मंगलबार १४:१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया