अन्तरप्रदेश परिषद् बैठकमा सहभागी हुन सबै प्रदेशका मुख्यमन्त्री काठमाडौंमा

काठमाडौं– संघ र प्रदेशबीचको असमझदारी न्यूनीकरणका लागि अन्तरप्रदेश परिषद्को बैठकमा भाग लिन सातवटै प्रदेशका मुख्यमन्त्री काठमाडौं आएका छन् । यसअघि गत भदौ २४ मा बस्ने भनिएको बैठक अन्तिम समयमा स्थगित भएको थियो । 

अन्तरप्रदेश परिषद्को बैठक केहीबेरमा सिंहदरबारमा बस्दै छ । प्रदेश र संघबीच राजनीतिक अधिकारका विषयमा विवाद देखिएको भन्दै मुख्यमन्त्रीहरुले असन्तुष्टि पोखेपछि प्रधानमन्त्री केपी ओलीले यो बैठक बोलाएका हुन् । 

केही महिनाअघि ६ वटा प्रदेशका मुख्यमन्त्रीले पोखरामा भेला आयोजना गरी संघ सरकारले अधिकार नदिएको गुनासो गरेका थिए । 

संविधानले संघ र प्रदेशबीच अधिकारका विषयमा विवाद उत्पन्न भएमा त्यो समाधानका लागि अन्तरप्रदेश परिषद्को परिकल्पना गरेको छ । अन्तरप्रदेश परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने संवैधानिक व्यवस्था छ । त्यसैगरी गृहमन्त्री र अर्थमन्त्री प्रदेश परिषद्को सदस्य रहने व्यवस्था छ । 

अन्तरप्रदेश परिषदको आज बस्ने बैठकमा कर्मचारी समायोजन र कानुन निर्माणबारे छलफल हुने बताइएको छ ।
 





  • प्रकाशित मिति : मंसिर २३, २०७५ आइतबार १२:५७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया