अक्षयकुमार अभिनित चलचित्र ‘पृथ्वीराज चाैहान’ काे रिलिज डेट घाेषणा

अक्षयकुमार अभिनित चलचित्र ‘पृथ्वीराज चौहान’ को सार्वजनिक मिति घोषणा भएको छ ।

चलचित्र यसै वर्षको जुन १० मा सिनेमाहलमा सार्वजनिक हुनेछ । 

चलचित्रको प्रदर्शन मिति घोषणासँगै कलाकारहरूको लुक्स पनि सार्वजनिक गरिएको छ । लुक्समा अक्षय कुमार शानदार देखिएका छन् । 

चलचित्रमा अक्षय कुमारले महासम्राट पृथ्वीराज चौहानको भूमिका निर्वाह गरेका छन् । 

चलचित्रमा मानुषी छिल्लर राजकुमारी संयोगिताको भूमिकामा छिन् । यो मानुषीको डेब्यु चलचित्र हो । 

डा. चन्द्रप्रकाश द्विवेदी निर्देशित यस चलचित्रमा अक्षय कुमार र मानुषीबाहेक सञ्जय दत्त र सोनु सुद मुख्य भूमिकामा छन् ।



सोनु सुद चलचित्रमा महाकवि चन्द बरदाईको भूमिकामा देखिँदा सञ्जय दत्त काका कान्हाको भूमिकामा देखिनेछन् । 

२०१९ मा याे चलचित्र बनाउने घोषणा भएकाे थियाे । घाेषणाकाे झण्डै तीन वर्षपछि यो चलचित्र सार्वजनिक हुन लागेको हो ।
 



  • प्रकाशित मिति : माघ २७, २०७८ बिहीबार १५:२६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया