logo-img

दाङको एक जुत्ता पसलमा आगलागी, पाँच जनाको मृत्यु
सांकेतिक तस्बिर

दाङको एक जुत्ता चप्पल पसलमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । जिल्लाको तुलसीपुरउपमहानगरपालिका–५ ‘ङ’ स्थित इरम फुटवेयर जुत्ता चप्पल पसलमा भीषण आगलागी हुँदा घरभित्रै फसेर पाँच जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा चार पुरुष र एकजना बालिका रहेका छन् । मृतकको पहिचान खुल्न बाँकी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

प्रहरीका अनुसार पाँचै जनाको धुवाँले निसासिएर मृत्यु भएको हो । स्थानीयका अनुसार राति पौने २ बजेदेखि लागेको आगो इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासी तथा घोराही उपमहानगरपालिकाको दमकलले बिहान मात्र नियन्त्रणमा लिन सकेको छ ।

 विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । 





  • प्रकाशित मिति : माघ २८, २०७८ शुक्रबार ८:२६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया