logo-img

एमाले सिन्धुपाल्चोक अध्यक्षमा कमल नेपाल

नेकपा (एमाले) सिन्धुपाल्चोक जिल्ला अध्यक्षमा कमल नेपाल सर्वसम्मत चयन भएका छन् । नवौं जिल्ला अधिवेशनको उद्घाटनसत्र सम्पन्न भएको एक महिनापछि उनी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

जिल्ला कमिटीका उपाध्यक्षमा उमा प्रधान, सचिवमा रामचन्द्र बस्नेत तथा उपसचिवमा सुशीला पाख्रिन र चिरन तामाङ चयन भएका छन् । त्यस्तै, जिल्ला कमिटी सदस्य पनि सर्वसम्मत चयन गरिएको अध्यक्ष मण्डलका सदस्य सरेश नेपालले जानकारी दिए । सदस्यको पनि टुङ्गो लागेको नेपालले बताए ।

गत २३ पुसमा यहाँस्थित बाह्रबिसेमा नवौँ जिल्ला अधिवेशनको उद्घाटन भएको थियो । यसपछि विभिन्न कारण नेतृत्व चयन हुनसकेको थिएन । अध्यक्ष पदका लागि नेपालसहित केदार क्षेत्री, बालकृष्ण देउजा, होमनारायण श्रेष्ठ र डोल्मा तामाङले उम्मेदवारी दिएका थिए । 







  • प्रकाशित मिति : माघ २८, २०७८ शुक्रबार ११:५८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया