सोलुखुम्बुमा भिरबाट लडेर दुईजनाको मृत्यु

सोलुखुम्बुमा भिरबाट लडेर दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–२ लबुचेका ६४ वर्षीय पासाङ लामा र सोताङ गाउँपालिका–१ खोर्दाका २६ वर्षीय तेजबहादुर लामिछानेको भिरबाट लडेर मृत्यु भएको हो ।

लामाको लबुचे भिरबाट र लामिछानेको सोताङ गाउँपालिका–१ मा रहेको हुँगा दूधकोसी सामुदायिक वनको भिरबाट लडेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक (डिएसपी) कवित कटुवालले जानकारी दिए ।

प्रहरीका अनुसार लामा बिहीबार छोराको घर जान्छु भनेर हिँडेका थिए । तर, तीन दिनसम्म गन्तव्यमा नपुगेपछि उनको खोजी गरिएको थियो । खोजतलास गर्दा लामाको भिरबाट लडेर मृत्यु भएको अवस्थामा शनिबार शव फेला परेको प्रहरीले जनाएको छ । 

त्यस्तै, लामिछानेको सामुदायिक वनमा घाँस काट्न जाने क्रममा शनिबार भिरबाट लडेर मृत्यु भएको हो ।





  • प्रकाशित मिति : फागुन १, २०७८ आइतबार १०:२१:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया