संवैधानिक निकास खोज्नका लागि प्रधानन्यायाधीशविरुद्ध महाअभियोग : कानुनमन्त्री बडू

कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले संवैधानिक निकास खोज्नका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता गरिएको बताएका छन् । जबरामा न्यायालयको गरिमा जोगाउने संकेत नदेखाएका कारण पनि महाअभियोग दर्ता गर्नु परेको मन्त्री बडूले बताए ।

महाअभियोग प्रस्ताव दर्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, ‘गतिरोधमा न्यायपालिका रह्यो भने न्यायापालिकाको आवश्यकता र गरिमामाथि प्रश्न उठ्न सक्ने देखियो । त्यसकारणले प्रतिनिधिसभाका सांसदहरूले संवैधानिक निकास खोज्ने प्रयत्न गर्नुभयो ।’ 

मन्त्री बडूले न्यायालयको गरिमा जोगाउनको लागि संवैधानिक प्रक्रियाबाट प्रधानन्यायाधीश हटाउने बाटो अपनाइएको पनि बताए । ‘हामीले यो कुरा पनि सुनिरहेका थियौं । सम्मानीय प्रधानन्यायाधीश ज्यूले पनि म संवैधानिक बाटोबाट आएको व्यक्तिलाई संवैधानिक बाटोबाट निकास चाहन्छु भन्ने अभिव्यक्तिहरू थिए’, उनले भने । 

मन्त्री बडूले प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव दुई तिहाइले पारित हुने पनि दाबी गरे । 






  • प्रकाशित मिति : फागुन १, २०७८ आइतबार १३:७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया