प्रधानन्यायाधीश राणा भन्छन्– महाअभियोगले म खुसी छु

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले आफूविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको औपचारिक रुपमा जानकारी पाएसँगै सर्वोच्च अदालतबाट बाहिरिएका छन् । 

उनले यसअघि आफ्नो राजीनामा माग गर्दा आफूलाई संवैधानिक रुपमा विधि र प्रक्रियामार्फत् हटाउन अनुरोध गर्दै आएका थिए । 

उनीविरुद्धको महाअभियोग त्यही विधिबाट ल्याइएको कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले प्रतिक्रिया दिएका छन् । आफूविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थाहा पाएपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले पनि आफू यसमा खुसी नै रहेको प्रतिक्रिया दिएका छन् ।

उनले सार्वभौम संसदलाई महाअभियोगबारे अधिकार भएकाले र संसदले यो अधिकार प्रयोग गरेकाले आफू खुसी नै भएको बताएका छन् ।

सन्चारकर्मीहरुलाई दिएको छोटो प्रतिक्रियामा उनले आधार पुष्टि गर्ने कुरा पछिको भएको भन्दै आफूले पहिले देखि नै विधि र प्रक्रिया हुनुपर्छ भनेको र अहिलेको कदम स्वीकार्य भएको बताएका छन् ।





  • प्रकाशित मिति : फागुन १, २०७८ आइतबार १४:३५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया