ए डिभिजन लिग: बराबरीमा राेकिए संकटा र एपिएफ

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबारको दोस्रो खेलमा संकटा र विभागीय टाेली नेपाल एपिएफ फुटबल क्लबले बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुवै टाेलीले गाेलरहित बराबरीमा राेकिएका हुन्  । 

खेलको ११ औं मिनेटमा फोडे फोफनाको प्रहारलाई एपिएफका गोलरक्षक युया कुरियामाले डाइभ गर्दै बचाए ।

६१ औं मिनेटमा उत्तम राईकाे क्रसमा ओलुवासाेगाे ओडिहकाे प्रहार पाेस्ट नजिकैबाट बाहिरिदाँ संकटा अग्रता लिनबाट चुक्याे ।

७४ औं मिनेटमा आवास लामिछानेकाे प्रहारलाई संकटाका गाेलरक्षक राजबाबु थापाले बचाए ।

८४ औं मिनेटमा एपिएका कप्तान नविन लामाकाे फ्रिकिकलाई संकटाका गाेलरक्षक राजाबाबुले सहजै नियन्त्रणमा लिए ।



याे नितजासँगै १० खेलमा १५ अंक जाेडेकाे संकटा पाँचौँ तथा समान खेलबाट ११ अंकका साथ नवाैं स्थानमा यथावत छन् ।



  • प्रकाशित मिति : फागुन १, २०७८ आइतबार १८:५२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया