जनयुद्धको उपलब्धिलाई कुर्सीसँग साट्ने प्रचण्ड ‘लाल गद्दार’ : प्रभु साह

नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई 'लाल गद्दार'को संज्ञा दिएका छन् । प्रचण्डले जनयुद्धको उपलब्धिलाई सत्ताको कुर्सीसँग साटेको उनको आरोप छ। 

२७औँ जनयुद्ध दिवसको अवसरमा आइतबार रौतहटको फतुवा विजयपुरमा आयोजित सहिद मनरुप महतो स्मृति पार्क तथा भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले प्रचण्डलाई यस्तो आरोप लगाएका हुन् । 

जनयुद्धको मूल मर्मलाई लत्याउँदै प्रचण्डले सत्तामा पुग्ने बाटोको रूपमा मात्र लिएको नेता साहको भनाइ छ । सयौँ सहिदको रगतको बलमा जनयुद्धमार्फत देशमा प्राप्त उपलब्धि कांग्रेसको पाउमा चढाएको उनको आरोप छ ।

नेता साह रौतहटका प्रथम ‘जनयुद्ध सहिद’ मनरुप महतोको नाममा फतुवा विजयपुर नगरपालिकाको भैंसहीमा निर्मित पार्क तथा भवनको उद्घाटन गर्न रौतहट पुगेका​ हुन् । सो नगरपालिकाकी उपमेयरसमेत रहेकी महतोकी श्रीमती कान्तिदेवी महतोको अग्रसरतामा स्मृति पार्क र भवन निर्माण भएको हो ।





  • प्रकाशित मिति : फागुन १, २०७८ आइतबार २२:७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया