बेइजिङमा भारी हिमपात, ओलम्पिकमा गएका पाहुनालाई समस्या

चीनको राजधानी शहर बेइजिङमा आइतबार भारी मात्रामा हिमपात भएको छ । आइतबारको सो हिमपातले बेइजिङ जारी ओलम्पिकलाई पनि प्रभाव पारेको बताइएको छ ।

आलम्पिक हेर्न आएका विदेशी पाहुनालाई पनि सो हिमपातले सास्ती भएको बेइजिङमाबाट प्राप्त  समाचारमा जनाइएको छ । यहाँको मौसमसम्बन्धी सूचनामा आइतबार बिहानैदेखि हिउँपर्ने जनाइएको छ ।  

तापक्रम पनि माइनस ६ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको थियो । बाटोभरि हिउँ थुप्रिएकाले त्यसलाई पन्छाउने काम जारी रहेको छ । 

त्यस्तै, नागरिकहरूलाई सतर्कता अपनाएर बाटो हिँड्न या सवारी सञ्चालन गर्न भनिएको छ । 





  • प्रकाशित मिति : फागुन २, २०७८ साेमबार १२:५४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया