logo-img

अमेरिकी अधिकारीले नेपाली नेतालाई धम्की दिएको भन्ने सूचना गलत : राजदूत बेरी

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले अमेरिकी अधिकारीले नेपाली नेताहरुलाई धम्की दिएको भन्ने सूचना गलत भएको बताएका छन् । 

सोमबार नेपालका कूटनीतिक मामिला पत्रकारहरुसँग कुरा गर्दै राजदूत बेरीले अमेरिकाले नेपाली नेताहरूलाई धम्की दिएको कुरा असत्य भएको बताएका हुन् ।

नेपालले एक सार्वभौम लोकतान्त्रिक राष्ट्र भएकाले एमसिसी अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय नेपाली नेताहरूले गर्ने उनले बताएका छन् । नेपालले आफ्नो वाचा पूरा गर्न ढिलाइ गरेपछि सम्झौतालाई मतदानको प्रक्रियामा ल्याउन अमेरिकाले आग्रह गरेको उनले बताए । नेपाली जनताले आफना निर्वाचित प्रतिनिधिमार्फत आफ्नो भनाइ राख्न सकून् भन्नेमा अमेरिका दृढ रहेको उनले बताए । 

दक्षिण तथा मध्यएसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले माघ २७ गते प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोन संवाद गरेका थिए ।

मन्त्री लुले आफूलाई चेतावनीको भाषामा कुराकानी गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले असन्तुष्टि पोखेका थिए । 





  • प्रकाशित मिति : फागुन २, २०७८ साेमबार २२:३१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया