logo-img

हेनरीले ७ विकेट लिएपछि ९५ रनमै समेटियो दक्षिण अफ्रिका

न्युजिल्याण्ड भ्रमणमा रहेको दक्षिण अफ्रिका टेस्ट सिरिजको पहिलो खेलको पहिलो पारीमा ९५ रनमै समेटिएको छ । क्राइस्टचर्चमा टस हारेर ब्याटिङको मौका पाएको दक्षिण अफ्रिका ४९.२ ओभरमै ९५ रनमै समेटिएको हो । 

उसका लागि जुबेयर हेम्जाले २५, कायल भेयर्नेले १८, एडेन मार्करमले १५ र सारेल एर्वीले १० रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

दक्षिण अफ्रिकालाई ९५ रनमै समेट्न न्युजिल्याण्डका तीव्र गतिका बलर म्याट हेनरी एक्लैले सात विकेट लिए । उनले १५ ओभरमा सात मेडनसहित २३ रन दिएर सात विकेट लिएका हुन् । 

त्यस्तै, नील वाग्नर, टिम साउथी र कायल जेमिसनले एक/एक विकेट हात पारे ।  





  • प्रकाशित मिति : फागुन ५, २०७८ बिहीबार ८:१९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया