३० अर्बको ट्रेजरी बिल निष्काशन गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल निष्काशन गर्ने भएको छ । बैंकले भोलिदेखि अर्को वर्षको असार मसान्तसम्म भुक्तानी हुने गरी उक्त ट्रेजरी बिल निष्काशन गर्न लागेको हो । 

इच्छुक लगानी कर्ता बैंक तथा वित्तीय संस्था तथा सामूहिक लगानी कर्ताहरूले रीत पुर्याएर आज बिहीबार दिउँसो ३ः१५ बजेसम्म बिल खरिदका लागि आवेदन दिन सक्नेछन् । तर काउण्ड पार्टीले बिक्री गर्न चाहेको ट्रेजरी बिलको परिमाणको मूल्यमा बोलकबोल गर्नुपर्नेछ । 

काउण्टर पार्टीले बिक्री गर्न चाहेको नेपाल सरकारको ट्रेजरी बिलको परिमाण ५ करोड वा ५ करोडले भाग लाग्ने दरले खरिद आह्वान गरेको रकमसम्म बोलकबोल गर्न सकिने बैंकले जनाएको छ । तर एउटा सिरिजको ट्रेजरी बिलका लागि एउटा मात्र बोलकबोल गर्न पाइनेछ । 

सोझै खरिद बोलकबोलको रकम बाँडफाँड गर्दा बोल बमोजिमको वार्षिक प्रतिफल दर (यल्ड रेट) गणना गरी सबभन्दा बढी प्रतिफल दर बोल गर्ने काउण्टर पाटीलाई प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड हुनेछ । 





  • प्रकाशित मिति : फागुन ५, २०७८ बिहीबार ११:४०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया