एमसिसीबारे छलफल गर्न जुटे प्रचण्ड–नेपाल
फाइल तस्वीर

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल छलफलमा जुटेका छन् ।

साँझ सत्तारुढ गठबन्धनको बैठक बस्ने भनिए पनि यी दुई नेताले छुट्टाछुट्टै बैठक गरेका हुन् । उनीहरु सिंहदरबारमा अहिले छलफलमा बसिरहेको नेकपा माओवादी केन्द्रका एक नेताले फरकधारलाई जानकारी दिएका छन् ।

आज साँझ पाँच बजे प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको बैठक बोलाएका छन् । एमसिसीबारे यो गठबन्धनको निर्णायक बैठक हुने भनिएको छ ।

यहीबीच एमसिसी पारित हुनुहुन्न भन्ने अडानमा रहेका प्रचण्ड र नेपाल भेट भएका हुन् । बुधबार नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसिसी पारित गर्न नहुने निर्णय गरेको छ ।

बुधबार नै नेकपा एकीकृत समाजवादीका कार्यकर्ता एमसिसीको विरोध गर्दै प्रदर्शनमा उत्रिएका थिए ।





  • प्रकाशित मिति : फागुन ५, २०७८ बिहीबार १५:२३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया