चोटका कारण शरदले आइसिसी टि- २० विश्वकप छनोट गुमाउने

नेपाली क्रिकेट टिमका अनुभवी खेलाडी शरद भेषावकरले आइसिसी पुरुष टि-२० विश्वकप ग्लोबल छनोटका बाँकी सबै खेल गुमाउने भएका छन् । 

गोलीगाँठोमा लागेको चोटका कारण शरदले विश्वकप छनोट गुमाउने भएका हुन् । उनको स्थानमा कुशल मल्ललाई स्थान दिइएको क्यानले जनाएको छ । कुशलले फिलिपिन्सविरुद्धको खेलमा प्लेइङ- ११ मा पनि मौका पाएका छन् ।

शरदले चारदेशीय टि-२० अन्तर्राष्ट्रिय सिरिजमा भने राम्रो प्रदर्शन प्रदर्शन गर्न सकेका थिएनन् । उनले ३ खेलमा मात्र १५ रन बनाएका थिए । 

शरद ओमानसँग ४ र युएईसँग १० रनमा अविजित रहेका शरदले आयरल्यान्डसँग  १ रन मात्र बनाउन सके । 





  • प्रकाशित मिति : फागुन ७, २०७८ शनिबार १२:११:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया