‘ए’ डिभिजन लिग : जित्नैपर्ने दबाबमा जावलाखेल

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लब आमनेसामने हुनेछन् । यो खेल दिउँसो १ बजे सुरु हुनेछ ।

११ खेलमा १० अंक जोडेर ११ औं  स्थानमा रहेको जावलाखेललाई रेलिगेसनबाट बच्न आजको खेल जित्नैपर्ने दबाब छ । ११ खेलमा १३ अंक जोडेर नवौं स्थानमा रहेको हिमालयन पनि जावलाखेललाई हराएर अंक तालिका सुधार्ने योजनामा रहेको छ ।

साँझ पौने पाँच बजेबाट सुरू हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लबले न्युरोड टिम (एनआरटी) को सामना गर्नेछ । ११ खेलमा २० अंकका साथ दोस्रो स्थानमा रहेको मनाङ एनआरटीलाई हराउँदै त्यसलाई कायम राख्ने सोचमा हुनेछ ।

११ खेलमा १७ अंक जोडेर पाँचौं स्थानमा रहेको एनआरटी पनि मनाङलाई स्तब्ध पार्दै शीर्ष–२ मा उक्लने प्रयासमा हुनेछ ।  





  • प्रकाशित मिति : फागुन ८, २०७८ आइतबार ८:२७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया