कञ्चनपुरमा भालुको पित्त र यार्सागुम्बासहित एक जना पक्राउ

कञ्चनपुरमा भालुको पित्त र यार्सागुम्बासहित प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा जुम्ला कन्काइसुन्दरी गाउँपालिका-६ स्थायी घर भई हाल कैलालीको गोदावरी नगरपालिका-२ अत्तरिया बस्ने ५७ वर्षीय बृख कामी रहेका छन् । 

कामीलाई प्रहरीले कृष्णपुर नगरपालिका-१ वनदेवी मन्दिरबाट शनिबार साँझ पक्राउ गरेको हाे ।

उनकाे साथबाट प्रहरीले ९२ ग्राम भालुकाे पित्त र ५२४ ग्राम यार्सागुम्बा बरामद गरेकाे छ । यति मात्र नभई उनकाे डेराबाट प्रहरीले ५०० ग्राम यार्सागुम्बा पनि फेला पारेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ ।

घटनाकाे बारेमा थप अनुसन्धान भइरहेकाे छ ।





  • प्रकाशित मिति : फागुन ८, २०७८ आइतबार १०:८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया