logo-img

राजनीतिबाहेक साहसिक कार्यमा पनि रुचि राख्छन् भ्लादिमिर पुटिन

रुसी राष्ट्रपति कार्यालयको प्रशासन क्रेमलिनले केही समयअघि केही तस्बिर सार्वजनिक गरेको थियो, जहाँ राष्ट्रपति भ्लादिमिर पुटिन साइबेरियाको हाइकिङ र माछा मारेका देखिन्थे । आफ्ना नजिकका सहयोगीलाई कोभिड भएपछि केही समय हराएका पुटिन साहसिक कार्यमा पुनः देखिएका थिए ।

आफ्नो छोटो बिदा मनाउन उनी साइबेरिया रुमल्लिएका थिए । त्यसअघि उनी प्राइमोरी र अमुर क्षेत्रको भ्रमण गरेका थिए । उनलाई रक्षामन्त्री सर्जी सोइजुले साथ दिएका थिए ।

सार्वजनिक भएका तस्विरमा पुटिन एउटा नदीबाट माछा समाएको र हरियो मैदानमा हिँडडुल गरेको देखिन्छन् । ‘एक्सन–म्यान’ ले समेत चिनिने पुटिन भालुको शिकार गरेको र माछा समातेका तस्बिर विश्वका विभिन्न सञ्चारमाध्यममा छापिएका थिए ।

साइवेरियाको जंगलमा नयाँ गेट अपमा प्रकट भएका पुटिनसँग धेरै मानिस झुक्किएका थिए । ‘के उनी रसियाकै राष्ट्रपति पुटिन हुन त’ उनका तस्बिर सार्वजनिक भएपछि केही रसियालीले टिप्पणी गरेका थिए ।

उनी दक्षिणी साइबेरियाको सयानो शुशेस्की नेचर रिर्जभमा घुमेको अनुमान गरिएको छ । भिडियो फुटेजमा पुटिनले भालुको गुफातर्फ औँला तेर्साएको देखिन्छन् । त्यस्तै, पुटिनले आरक्षण क्षेत्रमा सवारी गुडाएको र साइबेरियाको नदीमा डुंगा खेलेको, माछा समातेको र पहाडमा हिँडेको देखिन्छन् ।



आरक्षमा गाडी चलाउन पुटिन झन्डै हरिणसँग ठोकिएका थिए । ‘त्यति ठूलो हरिण मैले अहिलेसम्म देखेको थिइन,’ एउटा भिडियोमा उनले भनेका छन् ‘उनीहरू यस्तो तीव्र गतिमा गडेको पहिलो पटक प्रत्यक्ष देखे ।’

भिडियो फुटेजमा पुटिनको टेन्टसमेत देख्न सकिन्छ । तर, धेरै रसियालीका लागि चलाख र हरेक क्षेत्रमा निपूर्ण पुटिनका यस्ता साहसिक कार्य नौला होइनन् । यसअघि उनी नांगो छाती प्रदर्शन गर्दै चस्मामा सजिएर एक हातमा राइफल झुन्ड्याएर घोडचढी गरेको दृश्यले संसारको ध्यान तानेको थियो । त्यस्तै, उनले लडाकु जेट उडाएका तस्बिरले धेरै व्यक्ति उनको वास्तविक हुलियासँग झुक्किएका थिए ।




 
उनका यी कार्यले पुटिन राजनीतिमा मात्र होइन साहसिक कार्यमा पनि पोख्त छन् भन्ने देखाउँछ । सेप्टेम्बरको मध्यतिर ६९ वर्षीय पुटिनले भौतिक भेटबाट अलग रहेका थिए । क्रेमलिनमा कोभिड महामारी फैलिएपछि उनी  एकान्तबासमा थिए । त्यतिबेला पुटिनका सहयोगीमा कोभिड पोजिटिभ देखिएको थियो ।

सो समयमा मस्कोले नेतृत्व गरेको सुरक्षा गठबन्धनको एउटा बैठकलाई उनले भर्चुअल सम्बोधन गरेका थिए । पुटिनले रसियामा निर्मित स्पुतनिक भी खोप लगाएका छन् । 

  • प्रकाशित मिति : फागुन ९, २०७८ साेमबार १२:५१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया