इरानको सेनाको एउटा लडाकु जेट देशको उत्तरपश्चिम सहर तबरिजमा दुर्घटनाग्रस्त भएको छ । एउटा आवासीय क्षेत्रमा भएको सो दुर्घटनामा दुई चालका दलका सदस्यसहित तीनजनाको मृत्यु भएको त्यहाँको राष्ट्रिय टेलिभिजनले जनाएको छ ।
स्थानीय रेड क्रिसेन्टका प्रमुखका अनुसार सो जेट एउटा विद्यालयमा ठोकिएको थियो । दुर्घटनामा मृत्यु हुनेमध्ये एक जना सोही क्षेत्रका स्थानीय रहेको जनाइएको छ ।
दुर्घटनाबारे छानविन भइरहेको प्राप्त विवरणहरूमा जनाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।