logo-img

ब्याजदर बढाउन पाउनुपर्ने माग गर्दै सहकारी सञ्चालकले थाले आन्दोलन

ब्याजदर बढाउनु पर्ने माग राख्दै सहकारी सञ्चालकले आन्दोलन गरेका छन् । मंगलबार सहकारी विभाग अगाडि बचत तथा ऋण केन्द्रीय सहकारी महासंघसँग आवद्ध सहकारी सञ्चालकले बैंक तथा वित्तीय संस्थाजस्तै ब्याजदर बढाउन पाउनुपर्ने माग गर्दै आन्दोलन गरेका हुन् ।

ब्याजदर निर्धारण समितिको बैठकमा ब्याजदर बढाउन दबाबस्वरूप सहकारी विभागलाई ध्यानाकर्षण गराउनको लागि आन्दोलन गरिएको बचत तथा ऋण केन्द्रीय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । उनले पछिल्लो समय सहकारीमा समेत चरम तरलता अभाव भएकाले तरलता सहज बनाउनको लागि ब्याजदर बढाउन पाउनु पर्ने महासंघको माग रहेको स्पष्ट पारे ।

कर्मसियल बैंकले अस्वभाविक रूपमा ब्याजदर वृद्धि गर्नाले सहकारीमा असर परेको ढकालले बताए । उनले बैंकको ब्याजदर घटाउनु पर्‍यो कि त विगतमा जस्तै सहकारी आफैँलाई स्वविवेकले चल्न दिनु पर्ने जिकिर गरे ।

वरिष्ठ उपाध्यक्ष ढकालले बैंकका आफ्ना सदस्य छैनन् तर सहकारीका आफ्नै सदस्य रहेको बताए । उनले सरकारले विगतमा जस्तै सहकारीलाई स्वतन्त्र रुपमा चल्ने वातावरण दिने र अर्थतन्त्रको तेस्रो पिल्लरलाई सम्मान गर्नु पर्ने बताए ।

वरिष्ठ उपाध्यक्ष ढकालले सहकारीले आफ्ना सदस्यबाट बचत संकलन गरेर १० लाख सदस्यलाई सेवा दिइरहेको बताए । उनले सहकारीको क्षेत्रमा प्रत्यक्ष रुपमा ८० हजार बढीलाई रोजगारी दिइरहेकाले महासंघको माग तत्काल सम्बोधन हुनु पर्ने बताए ।





  • प्रकाशित मिति : फागुन १०, २०७८ मंगलबार १४:५९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया