logo-img

युक्रेनमा फौज पठाउन पुटिनले दिएको आदेश रुसी सदनबाट अनुमोदन

रसियाको माथिल्लो सदनले युक्रेनका बिखण्डनकारीलाई सहयोगका लागि रुसी सेना पठाउन राष्ट्रपति भ्लादिमिर पुटिनलाई अनुमति दिएको छ । यसअघि राष्ट्रपति पुटिनले पूर्वी युक्रेनको दोनेत्सक र लुहान्सकामा रुसी फौज पठाउन आदेश दिएका थिए । 

१५३ जना रुसी सिनेटरले पुटिनको आदेशलाई समर्थन गरेका थिए । उनको आदेशविरुद्ध कसैले पनि मतदान नगरेको प्राप्त विवरणहरूमा जनाइएको छ । त्यसअघि पुटिनले पूर्वी युक्रेनमा बिखण्डनकारीको दबदबा रहेको क्षेत्रमा रुसी सेना पठाउन रुसको माथिल्लो सदन फेडेरेसन काउन्सिलसँग अनुमति मागेका थिए । 

युक्रेन हिंसा र रक्तपातको पक्षमा रहेकोले उसँगको वार्ता रोकिएको रुसको दाबी छ । ‘छलफल रोकिएका छन् । युक्रेनी नेतृत्वले हिंसा र रक्तपातको मार्ग लिएको छ,’ फेडरेस काउन्सिलको बैठकमा उपरक्षामन्त्री निकोले पानकोभले भने । ‘उनीहरूले हामीलाई एउटा पनि छनौट छोडेनन्,’ उनले थपे ।  





  • प्रकाशित मिति : फागुन ११, २०७८ बुधबार ९:७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया