पाकिस्तानका पूर्वगृहमन्त्री मलिककाे निधन

पाकिस्तानका पूर्वगृहमन्त्री तथा वरिष्ठ नेता रहमान मलिकको निधन भएको छ । उनकाे ७० वर्षको उमेरमा बुधबार बिहान निधन भएकाे हाे ।

पाकिस्तानी मिडियाका अनुसार अनुसार उनी अस्पतालमा भर्ना भएका थिए र कोभिड संक्रमणसँग सम्बन्धित समस्यासँग जुधिरहेका थिए ।

यसअघि फेब्रुअरी १ ​​मा पाकिस्तान पिपल्स पार्टीकी सांसद सहार कामरानले मलिकको अवस्था बिग्रिएको र त्यसका कारण उनलाई भेन्टिलेटरमा राखिएको बताएकी थिइन् ।

कराँची विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि प्राप्त गरेका मलिकले सन् २००८ देखि २०१३ सम्म देशको गृहमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । 

उनलाई पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोको नजिकको मानिन्थ्याे ।

 





  • प्रकाशित मिति : फागुन ११, २०७८ बुधबार १०:६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया