बाइडेनले पुटिनसँग शिखर वार्ता नगर्ने

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शिखर वार्ता नगर्ने बताएका छन्। 

यसै साता फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोसँगको टेलिफोन वार्तामा बाइडेन सैद्धान्तिक रूपमा पुटिनसँग वार्ता गर्न सहमत भएको विवरण सार्वजनिक भएको थियो । 

यद्यपि राष्ट्रपति कार्यालय ह्वाइट हाउसले राष्ट्रपति बाइडेन पुटिनसँग वार्ता गर्न इच्छुक नभएको जनाएको हो ।  

अमेरिकी विदेशमन्त्री एन्टाेनी ब्लिनकेनले पनि रुसी आक्रमण सुरु भइसकेकोले मस्कोसँगको वार्ताको कुनै अर्थ नभएको बताएका छन् । यसअघि ब्लिनकेनले रुसी समकक्षीसँग वार्ता रद्द गरेका थिए । 





  • प्रकाशित मिति : फागुन ११, २०७८ बुधबार १३:२२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया