ओमानिवरूद्व कुशलको अर्धशतक

टि–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत तेस्रो स्थानका लागि भइरहेको खेलमा घरेलु टोली ओमानविरूद्व नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् ।

अल अमरेत क्रिकेट स्टेडियममा ८८ रनको सामान्य लक्ष्य पछ्याइरहेको नेपालका लागि कुशलले ४२ बलको सामना गर्दै तीन चौका र २ छक्काको मद्दतले अर्धशतक पूरा गरेका हुन् ।

टी–२० अन्तर्राष्ट्रियमा यो उनको पाँचौँ अर्धशतक  हो । यसअघि  उनले ४ अर्धशतक र १ शतक प्रहार गरेका थिए ।

योसँगै कुशलले पूर्वकप्तान पारस खड्काको नाममा रहेको ४ अर्धशतक र १ शतकको कीर्तिमान पनि तोडेका छन् ।





  • प्रकाशित मिति : फागुन १२, २०७८ बिहीबार १८:३२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया