श्रीलंकाविरुद्धको टी–२० सिरिजअन्तर्गत पहिलो खेलमा घरेलु टोली भारत ६२ रनले विजयी भएको छ । गएराति भएको खेलमा २०० रनको लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो ।
उसका चरिथ असलंकाले अविजित रहँदै ५३ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । ४७ बलको सामना गरेका उनले पाँच चौका प्रहार गरे ।
दुश्मन्था चामिरा २४ रनमा अविजित रहँदा चामिका करुणारत्नेले २१ रन जोडे । भारतका लागि वैंकटेस अय्यर र भुवनेश्वर कुमारले दुई/दुई तथा युजवेन्द्र चाहल र रवीन्द्र जडेजाले एक/एक विकेट हात पारे ।
त्यससअघि लखनउमा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै १९९ रन बनायो । उसका लागि इशान किसन र श्रेयस अय्यरले उत्कृष्ट प्रदर्शन गरे । किसनले ५६ बलमा १० चौका र तीन छक्कासहित ८९ रन बनाए ।
५७ रनमा अविजित रहेका अय्यरले २८ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । कप्तान रोहित शर्माले ४४ रन जोडे । श्रीलंका लाहिरु कुमारा र दसुन सनाकाले एक/एक विकेट हात पारे । यो जितसँगै भारतले तीन खेलको सिरिजमा १-० को अग्रता लिएको छ । दोस्रो खेल शनिबार हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।