ललितपुर मेयर च्याम्पियनसिप : सुदूरपश्चिमको दोस्रो जित
फाइल फाेटाे

ललितपुर मेयर महिला टि-२० च्याम्पियनसिपमा सुदूरपश्चिम प्रदेशले दोस्रो जित हात पारेको छ । सुदूरपश्चिमले शुक्रबारको दोस्रो खेलमा प्रदेश-१ लाई ६ विकेटले हराएको हो ।

५३ रनको लक्ष्य सुदूरपश्चिमले १० ओभरमा चार विकेट गुमाउँदै भेट्टायो । सुदूरपश्चिमका लागि बिन्दु रावलले सर्वाधिक २७ र कप्तान ऋतु कनौजियाले ९ रनको योगदान दिँदा कविता कुँवर ६ रनमा अविजित रहिन् ।

प्रदेश-१ का लागि कप्तान रुविना क्षेत्रीले दुई तथा अलिसा खडियाले एक विकेट हात पर्दा एक विकेट रन आउटका रूपमा प्राप्त भयो ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको प्रदेश-१ ले १८.४ ओभरमा सबै विकेट गुमाउँदै ५२ रन बनाएको थियो ।

प्रदेश-१ का लागि संगिता राईले १२ तथा सवनम राईले १० रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सुदूरपश्चिमका लागि ईश्वरी विष्टले चार, कविता जोशी र सम्झना खड्काले दुई-दुई तथा ऋतु कनौजिया र कविता कुँवरले एक-एक विकेट लिए ।



यो जितसँगै सुदूरपश्चिमले तीन खेलमा चार अंक जोड्दा दोस्रो पराजय बेहोरेको प्रदेश-१ को समान खेलबाट दुई अंक छ । 



  • प्रकाशित मिति : फागुन १३, २०७८ शुक्रबार १५:२९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया