याे गठबन्धन चलिरहन सक्छ अथवा एमालेसँग गठबन्धन पनि हुनसक्छ : शशांक काेइराला
फाइल फाेटाे

सत्तासीन प्रमुख दल नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले एमसिसी संसदबाट पास भएपछि सरकार रहने/नरहने कुरामा आशंका व्यक्त गरेका छन् ।

शुक्रबार संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै काेइरालाले यस्ताे बताएका हुन् ।

उनले एमसिसी सदनबाट नै पास हुने दाबी गर्दै त्यसपछि नेकपा एमालेसँग गठबन्धन सरकार बन्न सक्ने पनि बताए ।

काेइरालाले भने, ‘शेरबहादुरजीको हिसाबले सोच्ने हो भने उहाँको दुई वटा बाटो छ- एउटा एमसिसी पास गराउने, अथवा गठबन्धनलाई बरकरार राख्ने । उहाँको अन्तिम प्रयास एमसिसी पनि पास गराऔँ, गठबन्धन पनि नटुटाऔँ भन्ने हुन्छ । त्यही प्रयास निरन्तर अहिले पनि चलिरहेको छ । यसमा दुई तिहाई चाहिँदैन । त्यसैले यो अवरोध भइरहेको छ । गतिरोध स्वाभाविक नै हो । एमसिसी पास हुन्छ । पास भइसकेपछि यो सरकार जान पनि सक्छ नजान पनि सक्छ । यही गठबन्धन चलिरहन सक्छ अथवा एमालेसँग मिलेर पनि गठबन्धन हुनसक्ने सम्भावना छ ।’

एमसिसी नेपालको हितमा भएकोले नेपालले पास गर्नुपर्ने भन्दै प्रधानमन्त्री देउवा गठबन्धन जोगाउन र एमसिसी पास गर्न अन्तिमसम्म लागि परिरहेको काेइरालाकाे भनाइ छ ।





  • प्रकाशित मिति : फागुन १३, २०७८ शुक्रबार १६:११:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया