रूसी आक्रमणबाट ३ बालबालिकासहित १९८ जनाको मृत्यु : युक्रेन
photo : AP

युक्रेन सरकारले रूसको आक्रमणमा हालसम्म १९८ युक्रेनी नागरिक मारिएको जनाएको छ । जसमा तीन बालबालिका रहेका छन् ।

युक्रेनका स्वास्थ्यमन्त्री भिक्टर लिस्कोले फेसबुक पोस्टमा आक्रमणमा परेर हालसम्म १११५ जना घाइते भएको बताएका छन् । घाइते हुनेमा ३३ जना बालबालिका रहेका छन् ।

यसअघि युक्रेनी सेनाले आक्रमणमा ३ हजार ५ सय रुसी सैनिक मारिएको र २०० जनालाई बन्दी बनाएको दाबी गरेको थियो ।

सेनाले आफ्नो फेसबुक पेजमा रूसले अहिलेसम्म १४ विमान, ८ हेलिकप्टर र १०२ ट्यांकर गुमाएको जनाएको छ । रूसले अहिलेसम्म त्यस्तो कुनै क्षतिको जानकारी नदिएको बिबिसीले जनाएको छ ।





  • प्रकाशित मिति : फागुन १४, २०७८ शनिबार १७:४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया