खुकुरी प्रहार गरी हत्या, वीरगञ्जबाट एक जना पक्राउ

पर्सामा हत्याको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

हत्या आरोपमा वीरगञ्ज महानगरपालिका-८ गहवा बस्ने ३४ वर्षीय दीपक कुमार महरालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

बारा फेटा गाउँपालिका-४ फुलबरीया गाउँ बस्ने ४२ वर्षीय प्रेमचन्द्र महरालाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ ।

वीरगञ्ज महानगरपालिका-१६ फुलबरीया टोलस्थित गाईगोठका दीपकले खुकुरी प्रहार गरी प्रेमचन्द्रको हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धनमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : फागुन १४, २०७८ शनिबार २०:८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया