गौतमबुद्ध विमानस्थलमा २ जेठदेखि व्यावसायिक उडान हुने

रूपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी २ जेठदेखि व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमानस्थलको परीक्षण उडान सफलताका साथ सकिएको जानकारी दिँदै २ जेठबाट व्यावसायिक उडान गर्न तयारी भइरहेको बताएका हुन् ।

विमानस्थलमा गत शुक्रबारदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गरेको थियो । प्राधिकरणका अनुसार परीक्षण उडान सफलताका साथ सकिएपछि जेठ पहिलो सातादेखि व्यावसायिक उडान गर्न तयारी गरिएको हो ।

विमानस्थलमा एरो थाईको जहाजले परीक्षण उडान गरेको थियो । क्यालिब्रेसन उडानपश्चात अन्तर्राष्ट्रिय हवाई उडान मापदण्ड बमोजिम रिपोर्ट प्रतिवेदन प्रकाशन गरिएको छ । रिपोर्ट आएको दुई महिनापछि मात्रै ठूला जहाज सञ्चालनयोग्य हुने भएकाले २ जेठ अर्थात बुद्ध पूर्णिमाबाट व्यावसायिक उडान भर्ने तयारी प्राधिकरणको रहेको छ ।





  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार १९:६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया