भीम रावल ‘हिरो’ बन्न खोजेको ओलीको आरोप, एमालेले कारवाही गर्न सक्ने
फाइल तस्वीर ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सांसद भीम रावललाई कारवाही गर्न सक्ने संकेत दिएका छन् । आइतबार संसदबाट अनुमोदित अमेरिकी सहयोग परियोजना एमसिसीबारे धारणा सार्वजनिक गर्न नेकपा एमालेले गरेको पत्रकार सम्मेलनमा ओलीले यस्तो संकेत गरेका हुन् ।

कार्यक्रममा ओलीले रावल हिरो बन्न खोजेको आरोप लगाएका थिए । 

गत आइतबार प्रतिनिधिसभाबाट एमसिसी पारित हुने समयमा एमालेले आफ्ना पूर्ववर्ती माग राख्दै विरोध जनाइरहेको थियो । तर, रावलले त्यो बैठकमा एमसिसीमाथि छलफलमा सहभागी हुँदै आफ्नो धारणा राखेका थिए ।

‘पार्टीको धारणा वा पार्टीको काम कारबाहीभन्दा पृथक ढंगले आफूलाई प्रस्तुत गरिरहनु भएको छ,’ ओलीले पत्रकार सम्मेलनमा भनेका छन्, 'मैले पार्टीको संसदीय दलको बैठकमा पनि भनेको थिएँ । आफूलाई व्यक्तिगत तवरमा हिरो देखाउन खोज्ने त्यस खालका कुरा, काम कारबाही त्यस खालको विचार र कुनै पनि बहानामा चाहे राष्ट्रवादको होस् वा लोकतन्त्रको होस् अरू बहानामा हाम्रो पार्टीले लिएका नीति सही छन्। त्यसका विरूद्ध पृथक देखिएर गरिने क्रियाकलाप अनुशासनभित्र पर्दैनन् ।'





  • प्रकाशित मिति : फागुन १८, २०७८ बुधबार ७:२७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया