ओलीलाई रावलको जवाफ : पार्टीको सिद्धान्त अनुरूप उभिएको छु
फाइल तस्बिर

नेकपा एमालेमा डा. भीम रावलले आफू पार्टी सिद्धान्तअनुरूप नै उभिएको बताएका छन् । मंगलबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले रावल पार्टीको सिद्धान्तमा नचलेको बताएपछि उनले ट्विटरमार्फत जवाफ दिएका हुन् ।  

रावलले संसदमा छलफलमा सहभागी हुन नदिनु आत्मकेन्द्रित, आत्मप्रचारक सोच र पार्टीको सिद्धान्त र नीतिविपरीत भएको उल्लेख गरेका छन् । 

‘एमालेको विधान, प्रतिवेदन र संगठनात्मक प्रस्तावले एमसिसीसँगको सम्झौताबारे स्पष्ट धारणा बनाई राष्ट्रिय हितको पक्षमा उभिन निर्देशित गर्दछ,’ उनले ट्विट गर्दै भनेका छन्, ‘संसदमा छलफलमा सहभागी हुन नदिनु आत्मकेन्द्रित, आत्मप्रचारक सोच र पार्टीको सिद्धान्त, र नीति विपरीत हो । म पार्टी सिद्धान्त अनुरूप उभिएको छु ।’

 

अध्यक्ष ओलीले मंगलबार पत्रकार सम्मेलनमा भीम रावल ‘हिरो’ बन्न खोजेको प्रतिक्रिया दिएका थिए ।  
 





  • प्रकाशित मिति : फागुन १८, २०७८ बुधबार ११:४२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया