कांग्रेसले चुनावी तालमेलको निर्णय केन्द्रबाट गर्दैन : गगन थापा
फाइल तस्वीर

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचनमा उम्मेदवार छान्ने जिम्मा सम्बन्धित स्थानीय तहको समितिलाई नै दिइने बताएका छन् ।

शुक्रबार नेपाली कांग्रेस मादी गाँउपालिका कास्कीले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै महामन्त्री थापाले आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार छान्ने जिम्मा सम्बन्धित समितिलाई दिइने बताएका हुन् ।

उनले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने कि नगर्ने भन्ने विषय पनि स्थानीय समितिकै भएको उल्लेख गर्दै कांग्रेसले केन्द्रबाट तालमेलको निर्णय नगर्ने बताए । उनले उम्मेदवार को बन्ने भन्ने विषयमा चिन्ता नगरी कांग्रेसलाई पहिलो पार्टी बनाउन लाग्न नेता, कार्यकर्तालाई निर्देशनसमेत दिए ।

उनले भने  ‘यहाँको टुंगो तपाईहरु यहाँ बसेर गर्नुहुन्छ । महानगरको टुंगो पनि तपाईहरुले चाहेको जस्तो गरेर पठाउनु । तालमेल गर्ने कि नगर्ने हामी माथिबाट निर्णय गर्दैनौँ तपाईहरू निर्णय गर्ने हो । तपाईहरुको जिम्मा हो । तपाईहरु गर्नुस् । यो पटक समर्पणको भ्यालु कहाँ क्रेट गर्नुप¥यो भने चुनावको नतिजामा क्रेट गर्नुपर्यो । यो पटक पोखराको नगरपालिकामा कांग्रेसको चार तारे झण्डा गाड्ने हो गाड्ने हो भन्ने संकल्प राख्ने हो भने को उम्मेदवार बन्ने भन्ने कुरा गौण हुन्छ ।’

महामन्त्री थापाले नेपालमा कम्युनिष्टहरुले उत्तेजनाको राजनीति गर्ने गरेको आरोप लगाए । एमसीसी प्रकरणमा मागेर देश चल्छ भनेर आवाज उठाउनेहरुको परिवार नै अमेरिकामा रहेको तथा विदेशमा उपचार गर्ने गरेको उनले बताए ।

आफू विदेशमा उपचार गर्ने अनि नेपाल फर्केर मुट्ठी कसेर मागेर अस्पताल बनाउने ? भन्ने प्रश्न गर्ने गरेको उनले टिप्पणी गरे ।



उनले एमसिसी सम्झौतामा कम्युनिष्टहरूले दोहोरो भूमिका खेलेर जनतालाई उत्तेजित बनाएको उल्लेख गर्दै कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सबैलाई मिलाउन सफल बनेको बताए ।

महामन्त्री थापाले संसद अवरोध जारी रहेमा के गर्ने भन्नेबारेमा छलफल भइरहेको बताए । उनले स्थानीय चुनाव वैशाख ३० मै हुने भन्दै संसदको अवरोध कायमै रहे मंसिरअघि नै संसदीय चुनाव हुनसक्ने बताए ।



  • प्रकाशित मिति : फागुन २०, २०७८ शुक्रबार १९:४३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया