जर्मन चान्सलर र रुसी राष्ट्रपतिबीच एक घण्टा कुराकानी

जर्मन चान्सलर ओलाफ शल्त्सले रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग वार्ता गरेका छन् । त्यसक्रममा चान्सलर शल्त्सले सैन्य कारबाही तुरुन्त रोक्न माग गरे ।  

सरकारका प्रवक्ताले यस्तो जानकारी दिँदै दुई नेताबीच फोनमा कुराकानी भएको जनाएको बीबीसीले उल्लेख गरेको छ । 

शल्त्सले त्यसक्रममा पुटिनसँग ती क्षेत्रमा मानवीय सहायताका लागि अनुमति दिन आग्रह गरेका समाचारमा जनाइएको छ । 

प्रवक्ताका अनुसार दुई नेताबीच करिब १ घण्टा कुराकानी भएको र चाँडै पुनः छलफल गर्ने सहमति भएको छ ।  





  • प्रकाशित मिति : फागुन २१, २०७८ शनिबार ७:१५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया