logo-img

भोलिदेखिका लागि तय भएको त्रिवि उपप्राध्यापक पदको परीक्षा स्थगित

भोलिदेखि सञ्चालन गर्ने तय भएको त्रिविको उपप्राध्यापक पदको परीक्षा अन्तिम समयमा स्थगित भएको छ । त्रिवि सेवा आयोगले फागुन २२ गतेदेखि चैत ७ गतेसम्मका लागि तय गरेको परीक्षा चैत २४ गतेसम्मका लागि स्थगित गरिएको हो ।

त्रिवि सेवा आयोगले आंशिक प्राध्यापकहरुले गरेको तालाबन्दीको कारण परीक्षा गर्न सक्ने अवस्था नरहेकाले तालिका परिमार्जन गर्नुपरेको बताएको छ । आयोगले परीक्षा स्थगित नभई तालिका परिमार्जन गरिएको जनाएको छ । 

सेवा आयोगका कार्यालय प्रमुख केदार ढकालले भने, ‘तालाबन्दीको कारण आन्तरिक तयारी गर्न सकेनौँ, जसको कारण परीक्षा सञ्चालन गर्न सकिने अवस्था नभएपछि पछि सारिएको हो ।’



त्रिवि सेवा आयोगले फागुन २२ गतेदेखि चैत २३ गतेसम्मलाई परीक्षाको समय तालिका सार्वजनिक गरेको थियो । त्यसका लागि परीक्षार्थीहरु देशभरबाट काठमाडौं आएका थिए । 





  • प्रकाशित मिति : फागुन २१, २०७८ शनिबार २३:०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया