ला लिगामा रियल मड्रिडको शानदार पुनरागमन जित

स्पेनिस ला लिगामा आज बिहान सम्पन्न खेलमा लिग लिडर रियल मड्रिड विजयी भएको छ । रियलले घरेलु मैदान सान्टियागो बर्नाबेउमा एक गोललेपछि परेको अवस्थालाई उल्टाउँदै रियल सोसिडाडमाथि ४–१ को शानदार जित हात पारेको हो ।

खेलको १० औं मिनेटमा मिकेल ओयार्जाबलले पेनाल्टीमार्फत गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ४० औं मिनेटमा एडुआर्डो कामाभिङ्गाले घरेलु टोलीलाई १–१ को बराबरीमा ल्याए ।

४३ औं मिनेटमा लुका मोड्रिडले गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए । ७६ औं मिनेटमा करिम बेञ्जिमाले पेनाल्टीमनर्फत गोल गर्दै टोलीलाई ३–१ ले अघि बढाए ।

७९ औं मिनेटमा मार्को एसेन्सियोले गोल गरेपछि रियलले ४–१ को सहज जित हात पारेको हो । यो जितसँगै रियल २७ खेलबाट ६३ अंकका साथ शीर्ष तथा पराजित सोसिडाड सामान खेलमा ४४ अंक जोडेर छैटौं स्थानमा यथावत छन् ।

लिगअन्तर्गतकै अन्य खेलमा ओसासुना, स्पान्योल र भ्यालेन्सियाले पनि जित हात परेका छन् । 





  • प्रकाशित मिति : फागुन २२, २०७८ आइतबार ७:४२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया