logo-img

कांग्रेस धनुषा सभापतिका लागि तीन नेता मैदानमा

नेपाली कांग्रेस धनुषाको निर्वाचन सोमबार हुँदै छ । जिल्ला सभापतिका लागि तीन नेताबीच प्रतिस्पर्धा हुने भएको छ । सभापति पदका लागि संस्थापन पक्षबाट दुईजना र संस्थापनइतर पक्षबाट एकजना मैदानमा उत्रिएका छन् । 

सभापति पदमा संस्थापन पक्षबाट सन्तोष यादव र योगेन्द्र पञ्जियार छन् भने इतर पक्षबाट दिनेश प्रसैला यादव भिड्दैछन् । यादवलाई पार्टी सभापति शेरबहादुर देउवाको समर्थन छ भने पञ्जियारलाई विमलेन्द्र निधिको समर्थन छ । उनी क्षीरेश्वरनाथ नगरपालिकाका नगरप्रमुखसमेत हुन् । संविधानसभा सदस्य र अघिल्लो कार्यकालमा उपसभापति भइसकेका प्रसैलालाई शेखर कोइरालाको समर्थन छ । 

उपसभापति पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । गणेशप्रसाद जयसवाल, हरिशंकर साह, रामसोभित दाहा (धानुक), सुरेन्द्रप्रसाद चौधरी (मुन्ना), गणेश झा र लक्ष्मीनारायण यादव उपसभापति पदका लागि भिड्दै छन् । 

त्यस्तै, सचिव पदमा नरेश यादव, श्यामचन्द्र यादव, नवलकिशोर यादव, प्रभाकर झा, केवल ठाकुर (शर्मा), धीरेन्द्रमोहन झा, शिवशंकरकुमार गोइत, दीपेन्द्रकुमार भडखेर र कन्हैयाकुमार कर्ण गरी नौजनाको उम्मेदवारी परेको छ । 

सहसचिवमा धर्मनाथ यादव, सुरेश कोइराला, महेशकुमार बस्नेत, इन्द्रकुमार महतो, विजयकुमार यादव र मो.साकिर राइन गरी ६ जना उम्मेदवार छन् । निर्वाचनमा कुल ९१ पदका लागि २४० जना आकांक्षी छन् । 

सोमबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म निर्वाचनका लागि समय निर्धारण गरिएको निर्वाचन समितिका अधिकृत अरुण ज्ञवालीले जानकारी दिएका छन् । 





  • प्रकाशित मिति : फागुन २२, २०७८ आइतबार २२:७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया