होस्टेलले गर्मी छल्न विद्यार्थीलाई पौडिन लग्यो, मर्स्याङ्दीमा छात्र डुबेपछि लमजुङमा कर्फ्यू

लमजुङको सुन्दरबजार नगरपालिकामा जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएको छ । त्यहाँको एक विद्यालयका विद्यार्थीको मस्र्याङ्दीमा पौडिने क्रममा डुबेर मृत्यु भएपछि यो कर्फ्यू लगाइएको हो । 

कर्फ्यू आज विहान ६ बजेबाट अनिश्चितकालका लागि लगाइएको छ ।

सुन्दरबजार नगरपालिकामा रहेको फ्यूचरस्टार आवासीय विद्यालयमा कक्षा १० मा पढ्ने १८ वर्षका विद्यार्थी सनिज श्रेष्ठको निधनपछि यो कर्फ्यू लगाइएको हो ।

उनको मस्र्याङ्दी नदीमा पौडिने क्रममा निधन भएको हो । जिल्ला प्रशासन कार्यालयले उनको मृत्युपछि उत्पन्न परिस्थिति हेर्दै कर्फ्यू लगाइएको प्रशासन कार्यालयले जनाएको छ ।

बिदाको दिन गर्मी छल्न भन्दै स्कुलका होस्टलका कर्मचारीले विद्यार्थीहरुलाई पौडी खेल्न लगेका थिए । 

 





  • प्रकाशित मिति : फागुन २५, २०७८ बुधबार ७:११:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया