खडेरीका कारण इथियोपियामा साढे ८ लाख मानिस विस्थापित

इथियोपियामा खडेरीका कारण ठूलो संख्यामा नागरिक विस्थापित भएका छन् । साथै, यहाँका लाखौँ पशु चौपाया पनि मरेका संयुक्त राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघका अनुसार यहाँका ८ लाख ४५ हजार मानिस विस्थापित भएका हुन् । उनीहरू खडेरीका कारण खाद्यान्न खोज्ने क्रममा विस्थापित हुन पुगेका संयुक्त राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघीय प्रवक्ता स्टेफान डुजारिकले इथियोपिया सरकारले यसका लागि काम त गरिरहेको तर पनि नागरिकहरू विस्थापित हुने र त्यहाँबाट खाद्यान्न र आश्रयका लागि अन्यत्र जान लागेका बताएका छन् । उनले यहाँका १५ लाखभन्दा बढी पशु चौपाया पनि मरेको जानकारी दिए ।

संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी एजेन्सीले काम गरिरहेको तर आवश्यक मात्रामा उनीहरूलाई सहयोग पुर्‍याउन नसकिएको पनि राष्ट्रसंघले जनाएको छ ।

साथै, संयुक्त राष्ट्रसंघले यहाँका कतिपय स्थानमा मानवीय सहायता वितरण भइरहेको भए पनि सो पर्याप्त नभएको बताएको छ ।   





  • प्रकाशित मिति : फागुन २५, २०७८ बुधबार १३:२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया