आईसीसी वरीयतामा कुशलले गरे दुई स्थानकाे सुधार, दीपेन्द्रकाे खस्कियाे
फाइल तस्वीर

नेपाली राष्ट्रिय टोलीका ओपनर ब्याटर कुशल भुर्तेलले आईसीसी टी–२० ब्याटिङ वरीयतामा दुई स्थान सुधार गरेका छन् । 

आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा कुशल २९औं स्थानमा उक्लिएका हुन् । यो कुनै पनि नेपाली ब्याटरको सबैभन्दा उत्कृष्ट वरीयता हो । यसअघि पछिल्लो हप्ता उनी वरीयताको ३१औं स्थानमा थिए ।

यस्तै, नेपाली टोलीका मध्यक्रम ब्याटर दीपेन्द्रसिंह ऐरीको भने वरीयता एक स्थान खस्किएको छ । पछिल्लो हप्ता वरीयताको ५०औं स्थानमा रहेका दीपेन्द्र ५१औं स्थानमा झरेका छन् । 

वरीयताको शीर्ष पाँचमा कुनै परिवर्तन भएको छैन । वरीयताको शीर्ष र दोस्रो स्थानमा पाकिस्तानी ब्याटरद्वय बाबर आजम र मोहम्मद रिजवान छन् । 

यस्तै, तेस्रो स्थानमा दक्षिण अफ्रिकी ब्याटर आइदेन मार्करम, चौथो स्थानमा इंग्ल्यान्डका डेविड मलान र पाँचौं स्थानमा न्युजिल्यान्डका डेभिन कोनवे छन् ।





  • प्रकाशित मिति : फागुन २५, २०७८ बुधबार १६:४५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया