त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकले सेवा आयोगमा लगाएको ताला खुल्ने भएको छ । बुधबार विश्वविद्यालयको वार्ता टोलीसँगको छलफलपछि आंशिक प्राध्यापक ताला खोल्न सहमत भएका हुन् ।
त्रिवि र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिबीच चारबुँदे सहमति भएको छ । जसको चौथो बुँदामा सेवा आयोगमा गरिएको तालाबन्दी, धर्नालगायतका विरोधका कार्यक्रम फिर्ता लिने उल्लेख छ ।
आंशिक प्राध्यापकलाई विशेष व्यवस्था गरी करार र स्थायी गर्नुपर्ने माग राख्दै तालाबन्दीमा उत्रेका उनीहरु खुला प्रतिस्पर्धाबाट प्राध्यापक छनोटका लागि सहमत भएका छन् ।
सेवा आयोगको परीक्षालाई मर्यादित र निर्वाध रुपमा सञ्चालन गर्न सबैले सहयोग गर्ने सहमति पनि भएको छ ।
यस्तो छ चारबुँदे सहमति पत्र
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।