एमसिसीका सर्तहरू अन्य वैदेशिक सहायताकाे सर्तभन्दा पारदर्शी छ : सञ्चारमन्त्री कार्की
फाइल फाेटाे

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसीका सर्तहरू अन्य वैदेशिक सहायताको सर्तभन्दा पारदर्शी र खुकुलाे रहेको दाबी गरेका छन् ।

शुक्रबार काठमाडौंमा परशुराम शकुन्तला स्मृति सेवा प्रतिष्ठानले आयोजना गरेको सम्मान समारोहमा बोल्दै मन्त्री कार्कीले यस्ताे दाबी गरेका हुन् ।

उनले एमसिसीले नेपालको गरिबी निवारण र दिगो आर्थिक विकासको लक्ष्य राखेको पनि बताए ।

गरिबी, पछौटेपन, विभेदजस्ता कुरालाई कसरी समाधान गर्न सकिन्छ भन्ने कुराको बारेमा सोच्नुपर्ने बेला आएको मन्त्री कार्कीकाे भनाइ छ ।

उनले भने, ‘एमसिसी राष्ट्रिय हितमा छ । एमसिसीकाे लक्ष्य यो मुलुकको गरिबी निवारण र दिगो आर्थिक विकास हाे । यसका सबै सर्तहरु अरू वैदेशिक सहायताकाभन्दा पारदर्शी र खुकुला छन् । तथापि पनि यसलाई हामीले यति नेगेटिभिटिज्म बढाएर यति नेगेटिभमा गयौं कि यो त राष्ट्रघातको काम हुनेछ भनेर समाजमा एउटा तस्बीर खडा गर्‍याैं । तर, आज करिबकरिब नेपाली जनताले निर्वाचित गरेको सार्वभौम संसदले करिबकरिब एकमतले पारित गरेको छ । अब हामीले गरिबी, पछौटेपन, विभेद छ भन्ने कुरा मात्रै होइन त्यो विभेदलाई कसरी हटाउने भन्ने दिशामा अब हामीले विलम्ब नगरीकन अघि बढ्नुपर्छ ।’

मन्त्री कार्कीले दिगो विकास, सुशासन, सभ्य र समृद्ध नेपाल बनाउने सपनालाई पूरा गरेर अबको पुस्तालाई धनी पुस्ताको रूपमा संसारमा चिनाउनु पर्ने पनि बताए ।





  • प्रकाशित मिति : फागुन २७, २०७८ शुक्रबार १५:२१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया