logo-img

सहज जित निकाल्दै आर्मी झापा गोल्डकपको फाइनलमा

विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब पाँचौ झापा गोल्डकपको फाइनल प्रवेश गरेको छ ।

आर्मीले आज भएको पहिलो सेमिफाइनलमा सातदोबाटो युथ क्लबमाथि ४-१ को सहज जित हात पारेको हो ।

झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी मैदानमा आर्मीलाई जित दिलाउन  टेकबहादुर बुढाथोकीले २ तथा सुमन अर्याल र सन्तोष तामाङले समान १ गोल गर्दा  सातदोबाटोका दीपक सिंह ठकुरीले  एक गोल फर्काए ।

खेलको २७ औं मिनेटमा सुमनको गोलमार्फत् आर्मीले अग्रता लिएको थियो ।

पहिलो हाफको थप गरिएको समयमा दीपकले गोल गर्दै सातदोबाटोलाई १-१ को बराबरीमा ल्याए । 

५९ औं मिनेटमा सन्तोषले गोल गर्दै आर्मीलाई २-१ को अग्रता दिलाए । ८० र ८३ औं मिनेटमा टेकबहादुरले गोल गरेपछि  आर्मी ले ४-१ को सहज जित निकाल्दै फाइनल यात्रा तय गर्‍याे ।



आर्मीले उपाधिका लागि आयोजक झापा र संकटा क्लबबीचको विजेतासँग खेल्नेछ ।



  • प्रकाशित मिति : फागुन २७, २०७८ शुक्रबार १७:४७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया