महाकालीमा भारतीय पक्षले डोजर चलाउँदा सरकार मौन बस्‍यो : भीम रावल

नेकपा एमालेका सांसद भीम रावलले महाकाली नदीमा भारतीय पक्षले डोजर चलाएको विषयमा सरकारले चासो नदिएको बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद रावलले दार्चुलाको बांगाबगरमा भारतीय पक्षले एकातर्फ रूपमा तटबन्ध बनाउन लागेको विषयमा सरकारले चासो नदिएको बताएका हुन् ।

दार्चुला जिल्लाको बांगाबगरमा केही दिन अगाडि भारतीय पक्षबाट अन्तर्राष्ट्रिय कानुन दुई देशको छिमेकीको असल सम्बन्धको मान्यता विपरीत एकतर्फी किसिमले तटबन्ध निर्माण भइरहेको छ । त्यहाँका स्थानीय जनताले त्यो काम बन्द हुनुपर्छ भनेर बारम्बार आवाज उठाउँदा पनि नेपाल सरकारका तर्फबाट कुनै पनि पाइला चालिएको देखिएन ।

उनले त्यहाँका जनताले आफ्नो भौगोलिक अखण्डता रक्षाका लागि महाकाली नदीलाई नेपालतर्फ फर्काउँदै गरेका गाडीलाई ढुंगा हानेर भगाउँदा पनि सरकार मौन बसेको बताए ।

उनले एमसिसी पारित पछि नेपालको स्वतन्त्र परराष्ट्र नीति परिवर्तन गर्नुपर्छ भन्ने माग भइरहेको भन्दै उनले यस्ता कुरा बन्द गर्न माग गरेका छन् ।





  • प्रकाशित मिति : फागुन २९, २०७८ आइतबार १३:४४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया