झापा गोल्डकपको उपाधिका लागि घरेलु टोलीको सामना गर्दै आर्मी

पाँचौं संस्करणको झापा गोल्डकपको फाइनल उपाधिका लागि आज साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लब र घरेलु टोली झापा–११ खेल्दै छन् ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने फाइनल खेलमा आर्मी उपाधि रक्षा अभियानका साथ मैदान उत्रँदा झापा घरेलु मैदानमा पहिलो उपाधि जित्न चाहन्छ ।

सेमिफाइनलमा झापाले संकटा तथा आर्मीले सातदोबाटोलाई हराएका थिए । आर्मीले तीनपटक झापा गोल्डकपको उपाधि उचालेको छ । उसले पहिलो, तेस्रो र चौथो संस्करणमा झापालाई नै हराउँदै जितेको थियो ।

आर्मी आज पनि त्यसलाई निरन्तरता दिने सोचमा छ । झापाले यसअघिका चारवटै संस्करणमा उप विजेतामा चित्त बुझाएको छ । ऊ दोस्रो संस्करणको फाइनलमा मनाङ मर्स्याङ्दी क्लबसँग पराजित भएको थियो ।

झापा पनि आर्मीसँग बदला लिँदै यसपटक भने उपाधि घरमै राख्ने प्रयासमा हुनेछ । 





  • प्रकाशित मिति : फागुन ३०, २०७८ साेमबार ९:२८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया